पोखराको लेकसाइडमा डेढ महिना लामो कोटिहोम आयोजना गरेका विजय कृष्णमुर्ति पक्ष र महानगर प्रहरीवीच शुक्रबार झडप भएको छ।
झडपमा परेर १३ जना घाइते भएका छन्।
घाइते हुनेहरुमा ५ जना नगर प्रहरी छन् भने विजय कृष्णमुर्तिका कार्यकर्ता ८ जना छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी वसन्त शर्माका अनुसार कोटिहोम गर्न खोज्न र रोक्न खोज्ने पक्षबीच झडप भएको हो।
'नगरपालिकाले अनुमति छैन, गर्न पाइदैन भनेको छ, कोटिहोम पक्ष जसरी पनि कोटिहोम आयोजना गर्ने भनेका छन्,' उनले भने, 'त्यही भएर झडप भयो।'
लेकसाइडको बाराहीघाटस्थित नेपाल ट्रष्टको जग्गामा कोटिहोम आयोजक मानव सेवा फाउण्डेसनले भूमी पुजन गर्न खोजेको थियो।
अनुमति बिना नै जबरजस्ती कोटिहोम गर्न खोजेकाले रोक्न खोज्दा झडप भएको पोखरा महानगरले जनाएको छ।