बाँकेको कोहलपुरमा दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।
दुर्घटनामा परी कोहलपुर नगरपालिका–२ पुष्पनगरका ५७ वर्षीय चिरञ्जीवी अधिकारीको मृत्यु भएको हो।
उनी नेपाल टेलिकम कोहलपुरमा कार्यरत कर्मचारी हुन्।
बुधबार बेलुकी भे ११ प ९७५१ नम्बरको स्कुटरमा श्रीमती गीतादेवी अधिकारीसँगै यात्रा गरिरहेका अधिकारीलाई भे १३ प ३२७७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो।
गम्भीर घाइते चिरञ्जीवी कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा राति साढे ११ बजेतिर मृत्यु भएको थियो।
घाइते श्रीमती गीतादेवीको भने उपचार जारी छ।
अधिकारीको स्कुटरलाई ठक्कर दिने मोटरसाइकल चालक प्रहरी नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय कोहलपुरकी प्रमुख डिएसपी लक्ष्मी खनालले बताइन्।