लायन्स क्लब अफ काठमाडौं सूर्यमुखीले आयोजना गरेको विषेशज्ञ स्वास्थ्य शिविरमा चार सयभन्दा बढी मानिसहरू लाभावान्वित भएका छन्।
मंगलबार धादिङको गजुरी गाउँपालिका-६ स्थित भानुभक्त माध्यमिक विद्यालयमा सम्पन्न नि:शुल्क बृहत विशेषज्ञ स्वास्थ्य शिविरमा ४ सय १ जनाले सेवा लिएको क्लवका अध्यक्ष बिक्रम विकले जानकारी दिए।
उनका अनुसार शिविरमा करीब ४०० जनालाई निशुल्क औषधी वितरण गरिएको थियो भने ४० जनालाई डेन्टल उपचार सेवा सहित मञ्जन र ब्रस प्रदान गरिएको थियो। त्यस्तै दमबाट ग्रसित ३८ जना बिरामीहरूको पहिचान गरी उनीहरूलाई श्वास प्रश्वास गर्न सजिलो बनाउने रोटा हेलर पनि प्रदान गरिएको थियो।
शिविरका संयोजक डाक्टर दिनेश रेग्मीका अनुसार ८७ जनाले भिडियो एक्स रे सेवा, ६३ जनाले स्त्री तथा प्रसुति सेवा, ५८ जनाले हाडजोर्नी तथा जेनरल सेवा,५१ जनाले जर्नरल सर्जरी, २३ जनाले बालरोग, ४० जनाले डेन्टल र ६ जनाले ईसिजी सेवा लिएका थिए।
विशेषज्ञ सेवासहितका शिविर विपन्न तथा सीमान्तकृत समुदायका नागरिकहरु लक्षित रहेको क्लवका अध्यक्ष विश्वकर्माले जानकारी दिए। क्लवले स्थापनाकालदेखि नै सामाजिक क्षेत्रमा विभिन्न काम गर्दै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने अध्यक्ष विश्वकर्माले बताए।