काठमाडौंमा इन्टरनेशनल एसोशिएसन अफ डेमोक्रेटिक लयर्सको १९औं महासभा सम्पन्न भएको छ।
वरिष्ठ अधिवक्ता अमर थापाको अध्यक्षतामा शुक्रबार देखि सुरू भएको महासभा आइतबार सम्पन्न भएको छ।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख अतिथिको रूपमा आमन्त्रण गरिएको थियो।
महासभा मानव अधिकार, शान्ति र जातिहत्या, फासीवाद, सैनिकिकरण लगायतका विषयमा केन्द्रित थियो। यस्ता विषयमा प्रतिरक्षा गर्न कानून व्यवयासीहरूको भूमिकाबारे तीन दिन छलफल भएको थियो।
एसोशिएसनकी अध्यक्ष जिन मिरेरले प्यालेस्टिन, महिलाको अधिकारका लागि गर्नुपर्ने संघर्ष, अन्तर्राष्ट्रिय कानुन र प्रणालीमा संकट र फासीवादका विषयमा छलफल गराएकी थिइन्।
त्यस्तै तीन दिने कार्यक्रममा विभिन्न व्यक्तित्वहरूको सहभागीता समेत रहेको थियो।
एसोशिएसनको संविधानको पुनरावलकोन भएर त्यसमा गरिएका संशोधनका विषयमा पनि छलफल भएको थियो। आगामी कार्यकालका लागि निर्वाचन समेत सम्पन्न गरी काठमाडौं घोषणा पत्र समेत जारी गरिएको थियो।
एसोशिएसन प्रगतिशील कानून व्यवसायीहरूको अन्तर्राष्ट्रिय संगठन हो। यसमा ५० वटा भन्दा बढी देशका सहभागीहरू छन्।
यसले मानव, राजनीतिक, आर्थिक अधिकारका बारेमा अनुसन्धानात्मक कार्य गर्ने, अन्तर्राष्ट्रिय जाँचबुझ सम्बन्धी सम्मेलन जस्ता कामहरू गर्छ। सन् १९४६मा बामपन्थी फ्रेन्च कानुन व्यवसायी रेने क्यासिनबाट यस संस्थाको सुरूवात भएको थियो।
यसको मूख्य सचिवालय बेल्जियममा छ।