दाङको तुलसीपुरमा २१ वर्षीय एक युवक सितलपुर घाट नजिकै मृत फेला परेका छन्।
तुलसीपुर उपमहानगरपालिका – १२ कचिलाका २१ वर्षीय किरण खत्री आइतबार बेलुकी सितलपुर घाटनजिकै मृत अवस्थामा फेला परेका हुन्।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी अनिल ठकुरीले बेलुकी साढे ६ बजेतिर केसी सितलपुरघाट नजिकै मृत अवस्थामा फेला परेको जानकारी दिए।
मृतकको शरिरमा देखिने गरी कुनै घाउ खत भने छैन। शव पोष्टमर्टमका लागि तुलसीपुरस्थित राप्ति प्रादेशिक अस्पतालमा राखिएको हुँदा पोष्टमर्टमपछि थप कुरा भन्न सहज हुने डिएसपी ठकुरीले बताए।
एक जना आफन्तका अनुसार केसीको झोला सितलपुर मन्दिरको पूजारीले दिएको बताए। केसी घर नजिकैका एक जना साथीलाई बिहान भेट्न गएका थिए। उनी दिउँसोतिर उरहरी चोकमा पनि पुगेको खुलेको छ ।
बिहान उनले भेटेका साथी भने भारत गइसकेको आफन्तको दाबी छ।
प्रहरीले भने मृतक केसी लागुऔषध सेवनकर्ता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताएको छ।
घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले बताएको छ ।