सिधाकुरा अनलाइनलाई नक्कली अडिओ दिएको आरोप लागेका राजकुमार तिमिल्सिनालाई प्रहरीले पक्राउ गरेको छ।
उनलाई इलाका प्रहरी कार्यालय इटहरीले आइतबार पक्राउ गरेको डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।
तिमिल्सिनालाई अदालतको फैसला कार्यान्वयन गर्न पक्राउ गरेको डिएसपी भण्डारीले बताए।
‘६ महिना कैदको सजाय भएको थियो। उक्त फैसला कार्यान्वयन गर्न पक्राउ गरिएको हो,’ उनले भने।
सर्वोच्च अदालतले असोज १३ गते सिधाकुरा अनलाइनका प्रकाशक, सम्पादकलाई समेत अदालतको अवहेलना कसुरमा दोषी ठहर गरेको थियो।
प्रकाशक युवराज कँडेललाई र सम्पादक नवीन ढुंगानालाई तीन/तीन महिना कैद सजाय दिएको थियो। क्षमायाचना गरेमा ७ दिन मात्रै कैद हुने सजाय गरेको थियो।
तिमिल्सिनाको हकमा भने ६ महिना कैद गरेको हो।