भक्तपुरमा बसले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ।
सूर्यविनायक नगरपालिका-८ स्थित इटभु चोकमा बसले पैदलयात्रीलाई ठक्कर दिँदा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए।
मंगलबार बिहान सवा ११ बजे बा ५ ख ४७८२ नम्बरको बसले भक्तपुर नगरपालिका-४ मंगलाछेँ की ७१ वर्षीय सुवर्णकेशरी श्रेष्ठलाई ठक्कर दिएको हो।
बाटो काट्ने क्रममा बसले ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन्।
उपचारका लागि श्रेष्ठलाई भक्तपुर अस्पताल लगिएको थियो। त्यहाँ उपचारको क्रममा साढे ११ बजे मृत्यु भएको डिएसपी न्यौपानेले बताए।
प्रहरीले बस र नुवाकोट घर भई काठमाडौं बस्ने २८ वर्षीय चालक निलकुमार तामाङलाई पक्राउ गरेको छ।
उनीमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।