नेपाली सेनाले बारामा फेला परेको शंकास्पद वस्तु निष्क्रिय पारेको छ।
मंगलबार पचरौता नगरपालिका-७ सखुवामा रहेको राम मन्दिर परिसरमा बोरा भित्र शंकास्पद वस्तु फेला परेको हो।
बोरामा बेरिएको उक्त शंकास्पद वस्तु फेला परेपछि नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाइएको थियो।
उक्त टोली गएर शंकास्पल वस्तुलाई निष्क्रिय पारिएको हो।
बोराभित्र प्रेसरकुकर राखिएको थियो। यद्यपि त्यसमा बिस्फोटक पदार्थ थियो वजा थिएन भन्ने खुलिसकेको छैन।