प्रहरीले सुर्खेतमा पुरूषलाई होटेलमा बोलाएर ‘हनी ट्रयापमा पारी’ आर्थिक लाभ लिएको आरोपमा एक जना महिलालाई पक्राउ गरेको छ।
मंगलबार दैलेख नौमुले गाउँपालिका– ८ का २१ वर्षीया शिन्दु चन्दलाई पक्राउ गरिएको सुर्खेतका प्रहरी प्रवक्ता डिएसपी मोहानजंग बुढथापाले जानकारी दिए।
उनका अनुसार गत भदौमा चन्दले मनोज कोइरालालाई ‘हनी ट्रयापमा पारी’ १४ लाख २५ हजार असुली गरेको छ।
वीरेन्द्रनगर नगरपालिका– ६ बुद्धपथको बुलबुले भ्यू होटलमा बोलाई सहमतिमा सम्बन्ध राखेर चन्दले कोइरालाई हनी ट्रयापमा पारेको प्रहरीको जनाएको छ।
'आर्थिक लाभ लिने मनसायले जबरजस्ती करणी मुद्दामा फसाइदिन्छु र सामाजिक सञ्जाल तथा मिडियमा अश्लिल फोटो राखिदिन्छु भनी डर त्रास देखाएर रकम लिएको देखिन्छ,' उनले भने, 'चन्दले डर त्रास देखाइ १४ लाख २५ हजार रकम अशुलेको देखिन्छ।'
हनि ट्रयाप परेपछि उनले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जोहरी दिएका थिए।
चन्दमाथि आर्थिक लाभ लिएको कसुरमा मुद्दा चलाउने अनुसन्धान भइरहेको डिएसपी बुढथापाले बताए।