काठमाडौंमा तरकारी किन्न गएकी महिलाको सुनको सिक्री लुटपाट भएको छ।
काठमाडौं महानगरपालिका-१६ माछापोखरीस्थित तरकारी बजारमा शनिबार बिहान साढे ७ बजे तरकारी किन्ने क्रममा लुटपाट भएको हो।
सामाखुसी टाउनप्लानिङ बस्ने ५१ वर्षीया लक्ष्मी घिमिरेको दुई तोला २५ लालको सिक्री लुटपाट भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले बताए।
उक्त सिक्री चार लाख ३८ हजार ७७ रुपैयाँ बराबरको हो।
घटनापछि प्रहरी वृत्त बालाजुबाट टोली खटिएको थियो।
प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा तारकेश्वर बस्ने २१ वर्षीय कौशल बस्नेत र २६ वर्षीय मिलन तामाङ छन्।
उनीहरुबाट सिक्री, आइफोन र सामसुङको फोन बरामद भएको छ।