रसुवाको गोसाइँकुण्डमा पौडी खेल्न गएका दुई जना बेपत्ता भएका छन्।
आइतबार दिउँसो गोसाइकुण्ड गाउँपालिका-५ स्थित तालमा पौडी खेल्ने क्रममा दुई जना पुरूष बेपत्ता भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
उनका अनुसार मोरङका मनोज न्यौपाने र सुजन ढकाल डुबेर बेपत्ता भएका हुन्।
खोजी गर्न सशस्त्र प्रहरी बल, नेपाल नम्बर २० गुल्म रसुवाबाट सशस्त्र प्रहरी नायब निरीक्षक मोहवीर नगालको कमाण्डमा टोली परिचालन भएको छ।
यससँगै नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले पनि उनीहरूको खोजी गरिरहेको छ।