काठमाडौंको सुन्दरीजलमा बोलबम नुहाउने क्रममा खोलामा फसेका पाँच जनाको उद्धार भएको छ।
करिब २ः३० बजे गोकर्णेश्वर नगरपालिका १ स्थित सुन्दरीमाई मन्दिरनजिकै चारजना भारतीय नागरिक र एकजना नेपाली फसेका थिए।
बोलबम नुहाइरहेको बेलामा खोलाको बहाव एक्कासि बढेर उनीहरू बीचमै फसेका थिए।
सेनाको चन्दननाथ गणबाट खटिएको टोली र अन्य सुरक्षा निकाय सहयोगमा उनीहरूको उद्धार गरिएको हो।
