१६ जना बेपत्ता भएको परिवारको तीन दिन अघिको लोकेसन रामेछाप देखिएको छ।
सोमबार बिहानदेखि सोधखोजका क्रममा उनीहरूको तीन दिन अघिको लोकेसन रामेछाप नगरपालिका वडा ८ र ९ को बीचमा देखिएको हो।
साउन ९ गते शुक्रबार उनीहरूको लोकेसन रामेछाप देखिएको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी भोला भट्टले जानकारी दिए।
'रामेछापमा लोकेसन देखिएपछि हाम्रो टोली खटिएको छ,' उनले भने। उर्मिला हायको माइती रामेछाप हो।
सिन्धुली गोलन्जोर गाउँपालिका-६ का १६ जनाको परिवार सम्पर्कविहीन भएपछि आज बिहानदेखि खोज्ने काम भइरहेको छ।
उनीहरू तीन/चार दिनदेखि गाउँमा देखिएका थिएनन्।
यो पनि: ऋण लागेको थियो सिन्धुलीमा सम्पर्कविहीन भएका १६ जनाको परिवारलाई, हालै बुझेका थिए भत्ता