अर्घाखाँचीमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन्।
छत्रदेव गाउँपालिका-४ पातले बस्ने ३६ वर्षीय किरण गुरूङ पक्राउ परेका हुन्। उनलाई ३४ वर्षीया श्रीमती सुमित्राकुमाल गुरूङको हत्या आरोपमा सोमबार राति प्रहरीले पक्राउ गरेको हो।
उनलाई प्रहरी चौकी वल्कोटबाट खटिएको टोलीले पक्राउ गरेको हो।
सुमित्राको शव भान्सा कोठामा खाडल खनेर गाडेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।