विराटनगरमा जेनजीको प्रदर्शन तीव्र बनेको छ।
कोशी प्रदेशको राजधानी विराटनगरमा पनि जेनजी (सन् १९९७ देखि २०१२ भित्र जन्मिएका) पुस्ताले आज प्रदर्शन गरेका छन्।
आन्दोलन संसारी माइस्थानबाट सुरू भएको थियो। त्यहाँबाट ट्राफिक चोक हुँदै महेन्द्र चोक हुँदै रोडसेफ चोक पुगेको थियो।
त्यहाँबाट प्रदर्शनकारीहरू मुख्यमन्त्री कार्यालयतिर जान खोजेपछि प्रहरीले मूल सडकमा ब्यारिकेड राखेर प्रदर्शनकारीहरूलाई रोकेको छ।
प्रदर्शनकारीहरूले ब्यारिकेड अगाडि नाराबाजी गरिरहेका छन्।
प्रदर्शन उग्र बन्न नदिन त्यहाँ ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।