आफूलाई जेनजी प्रदर्शनकारी भन्दै मंगलबार राति सुनसरीको झुम्का कारागार पुगेको एउटा समूहले त्यहाँ रहेका कैदीबन्दी भगाएको छ।
झुम्का कारागार प्रमुख सुवास लामिछानेले दिएको जानकारी अनुसार ब्लक ए र बीमा गरी १०९८ कैदीबन्दी रहेको कारागारका धेरै कैदी भागेका छन्।
ज्यादै बल प्रयोग गर्नुपर्ने अवस्था भएपछि कारागारका सुरक्षाकर्मी पछि हटेको कारागार प्रशासनको भनाइ छ।
नेपाली सेनाको टोली आइपुगेपछि केही कैदीबन्दी भित्रै रहेको प्रशासनको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय मोरङ स्रोतका अनुसार इलाका प्रहरी कार्यालय पथरीका १९ जना र उर्लाबारीमा रहेका १४ जना थुनुवा पनि भागेका छन्।