ललितपुरको जावलाखेलमा प्रहरी र प्रदर्शनकारीबीच गएराति झडप भएको छ।
मंगलबार राति जावलाखेलस्थित प्रहरी कार्यालयमा प्रदर्शनकारीहरू छिर्न खोजेपछि प्रहरीले रोक्ने प्रयतन्न गरेको थियो।
त्यस क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो।
झडपका क्रममा प्रहरीले अश्रुग्यास र गोली प्रहार गरेको थियो।
झडपमा घाइते भएकामध्ये २० जनालाई अलका अस्पताल पुर्याइएको थियो।
मंगलबार राति ल्याइएका २० जनाको उपचार भइरहेको अल्का अस्पताल प्रशासनले जनाएको छ।
तीमध्ये एक जनाको अवस्था चिन्ताजनक छ।
उनलाई आइसियूमा राखेर उपचार भइरहेको अस्पताल प्रशासनले जनाएको छ।