काठमाडौंको हाँडिगाउँका स्थानीयले चोरिएका सामान खोजेर सम्बन्धित कम्पनीलाई फिर्ता गरेका छन्।
मंगलबार हाँडिगाउँमा रहेको सिजीको सोरूमबाट टिभी, फ्रिज लगायत सामान चोरी भएका थिए।
त्यस्ता सामान चोरी भएको मंगलबार स्थानीयबासीले देखेको बताएका छन्।
यसरी चोरिएका सामान देखेपछि बुधबार बिहान स्थानीयबासी मिलेर घरघरभित्र खोजेर फिर्ता गरेको एक स्थानीयबासीले बताए।
‘हाँडिगाउँकै मान्छेको बेइज्जत नहोस् भनेर हामीले सिजीका कर्मचारीसँग मिलेर घरघर गएर खोजेका हौं। यहाँका स्थानीयबासीले चोरेका होइनन्,’ काठमाडौं वडा नम्बर ५का स्थानीय त्रिरत्न डंगोलले भने, ‘चोरीमा संलग्नलाई यहाँ बस्न नदिन भनेर भनेका छौं।’
मंगलबार भएको प्रदर्शनको क्रममा विभिन्न ठाउँमा लुटपाट भएको छ।
प्रदर्शनको क्रममा सुरक्षाकर्मीका हतियार समेत लुटिएका थिए। यसरी लुटिएका हतियारहरूलाई समेत फिर्ता गर्न सेनाले अनुरोध गरेको छ। फिर्ता नगरे कारबाही गर्ने चेतावनी समेत दिएको छ।