नेपाली सेनाले डडेल्धुरा कारागारबाट भागेका २६ जनालाई नियन्त्रणमा लिएको छ।
बुधबार मध्याह्नमा सेनाले डडेल्धुरा कारागारका २६ जनालाई नियन्त्रणमा लिएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
मंगलबार भएको प्रदर्शनको क्रममा देशका विभिन्न कारागारका कैदीबन्दीहरू निस्केर भागेका छन्।
काठमाडौंको डिल्लीबजार कारागारबाट पनि कैदीबन्दीहरू भाग्ने प्रयास गरिरहेका छन्।
तर सेनाले उनीहरूलाई रोकिरहेको छ।