सिन्धुली कारागार तोडेर कैदीबन्दी भागेका छन्।
बुधबार दिउँसो सवा १ बजे कारागाराको सुरक्षा घेर तोडेर सबै कैदीबन्दी फरार भएका हुन्।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार कारागारमा ४२८ पुरूष र ४३ जना महिला कैदीबन्दी र थुनुवा थिए।
बुधबार बिहानदेखि कारागारमा तोडफोड र आगजनी गरेका उनीहरू दिउँसो भागेका हुन्।
उनीहरूको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएका छन्।
प्रहरीले फरार भएका कैदी तथा थुनुवाको सूचना प्राप्त भए नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ।