काठमाडौं तीनकुनेमा दुई जना मृत फेला परेका छन्।
बिहीबार बिहान दुवै जना मृत भेटिएको प्रहरी वृत्त नयाँ बानेश्वरका डिएसपी हरि खतिवडाले जानकारी दिए।
'दुवै जना एउटै पासोमा झुण्डिएको अवस्थामा फेला परेका हुन्,' उनले भने, 'उनीहरूको परिचय खुल्न बाँकी छ।'
घटनास्थलमा मुचुल्का उठाउने काम भइरहेको उनले बताए।