काठमाडौंको महाराजगन्जबाट दुई जना पक्राउ परेका छन्।
नेपाली सेनाले विभिन्न मोबाइल तथा विदेशी मुद्रासहित दुई जनालाई पक्राउ गरेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
उनीहरू शंकास्पद अवस्थामा फेला परेपछि सेनाले सोधिखोजी गरेको थियो।
त्यसक्रममा उनीहरूबाट मोबाइल बरामद भएको हो। त्यस्तै केही विदेशी मुद्रा समेत बरामद भएको छ।