धादिङको कारागारबाट भागेका ४३ जना कैदी पक्राउ परेका छन्।
शुक्रबार बिहान १० बजेसम्म सेनाले ४३ जना फरार कैदीलाई नियन्त्रणमा लिएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
देशभरिका कारागार कार्यालयबाट फरार भएका कैदीबन्दीहरूलाई अहिले फर्किन अनुरोध गरिएको छ।
यसबीच स्थानीयले समेत नियन्त्रणमा लिएर कैदीहरूलाई फर्काउने काम गरिरहेको छ। सेनाले पनि पक्राउ गरी कारागार पठाउने काम गरिरहेको हो।