शीतलनिवास क्षेत्रमा सेनाले कडाइ गरेको छ।
गए रातिदेखि अन्तरिम सरकार गठनका विषयमा राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न पक्षहरूसँग छलफल गरिरहेका छन्।
जेनजीका प्रतिनिधिहरूले सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुखमा सिफारिस गरेपछि सरकार गठनबारे छलफल चलिरहेको छ।
राष्ट्रपति पौडेलले प्रमुख राजनीतिक दलका नेता र प्रतिनिधिहरूसँग पनि छलफल गरिरहेका छन्।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शुक्रबार भिडिओ सन्देश जारी गर्दै संविधानअनुसार नै सरकार गठनका लागि कांग्रेस पनि निरन्तर छलफल र पहलमा रहेको बताएका छन्।
बुधबार जेनजीको प्रदर्शनका क्रममा राष्ट्रपति भवनमा पनि आगजनी भएको थियो।
राष्ट्रपति कार्यालय पूर्ण रूपमा क्षति भएको छैन।
अहिले राष्ट्रपतिले शीतलनिवासबाटै छलफल र संवाद अघि बढाएपछि सेनाले त्यहाँको सुरक्षा बढाएको हो।
मूल गेट र भवन परिसरमा पनि बाक्लो संख्यामा सेनाको उपस्थिती छ। त्यसआपसपास सडकमा पनि सेनाको उपस्थिती छ।
लैनचौर- महाराजगन्ज सडकमा तुलनात्मक रूपमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
तस्बिरहरूः
-ink-1757657646.jpeg)

-ink-1757657645.jpeg)
-ink-1757657644.jpeg)
-ink-1757657644.jpeg)
-ink-1757657644.jpeg)
-ink-1757657644.jpeg)
-ink-1757657643.jpeg)
-ink-1757657643.jpeg)
-ink-1757657642.jpeg)
-ink-1757657642.jpeg)
-ink-1757657642.jpeg)
-ink-1757657642.jpeg)
-ink-1757657641.jpeg)
-ink-1757657641.jpeg)