भदौ २४ गतेको तोडफोड र आगजनीबाट देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार पनि क्षति भयो।
सिंहदरबारको पश्चिम मोहोडा खण्डहर देखिन्छ। त्यहाँ लागेको आगो दुई दिनपछि मात्रै नियन्त्रणमा आएको थियो। मंगलबार त्यहाँ रातभरि आगो दन्किएको थियो।
आगाको लप्कामा भरेर २०७२ को भूकम्पपछि १० वर्ष लगाएर गरिएको पुननिर्मित राणाकालीन वैभव र पुरातात्विक संरचना भग्न देखिन्छ।
मंगलबारको प्रदर्शन उग्र बन्दै गएपछि आन्दोलनकारीहरू पूर्वी र पश्चिम गेटबाट आगो लगाउँदै भित्र पसेका थिए। पश्चिम गेटबाट प्रवेश गरेकाहरूले सिंहदरबार पस्ने मूल ढोकामा आगो लगाउँदै मुख्य भवनतिर प्रवेश गरेका थिए।
पूर्वी गेटबाट प्रवेश गरेकाहरूले राष्ट्रिय सतर्कता केन्द्र, गृह मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिचाइँ मन्त्रालय लगायत संरचना तोडफोड गर्दै जलाउन सुरू गरेका थिए।
अहिले ती अवशेष जस्ताको तस्तै छन्। सिंहदरबार भित्रको सुरक्षाका लागि नेपाली सेना तैनाथ गरिएको छ।
तस्बिरहरूः
-ink-1757659089.jpeg)
-ink-1757659088.jpeg)
-ink-1757659088.jpeg)
-ink-1757659088.jpeg)
-ink-1757659087.jpeg)
-ink-1757659086.jpeg)
-ink-1757659086.jpeg)
-ink-1757659085.jpeg)
-ink-1757659085.jpeg)
-ink-1757659083.jpeg)
-ink-1757659084.jpeg)
-ink-1757659083.jpeg)
-ink-1757659083.jpeg)
-ink-1757659081.jpeg)
-ink-1757659080.jpeg)
-ink-1757659079.jpeg)
-ink-1757659079.jpeg)
-ink-1757659078.jpeg)
-ink-1757659078.jpeg)
-ink-1757659077.jpeg)
-ink-1757659077.jpeg)
-ink-1757659076.jpeg)
-ink-1757659076.jpeg)
-ink-1757659076.jpeg)
-ink-1757659076.jpeg)
-ink-1757659075.jpeg)
-ink-1757659075.jpeg)