जेनजीहरूको आन्दोलनको क्रममा भएको तोडफोड र लुटपाटमा संलग्न शिक्षकलाई कालिका मानवज्ञान माविले निष्कासन गरेको छ।
भदौ २४ गते जेनजीहरूले गरेको प्रदर्शनपछि भएको तोडफोड र लुटपाटमा संलग्न भएको भन्दै शिक्षक शिवशङ्कर शुक्लालाई विद्यालयले निष्कासन गरेको हो।
विद्यालयले विज्ञप्ति जारी गर्दै भदौ २४ गते भएको जेनजीहरूको प्रदर्शनको क्रममा शिक्षक शुक्लाले बुटवलको सुख्खानगरस्थित भाटभटेनी सुपर मार्केटबाट आइस्क्रिम चोरी गरेको तस्बिर सार्वजनिक भएको थियो।
कपिलवस्तु घर भएका शुक्लाले विद्यालयमा कम्प्युटर विषय पढाउँदै आएका थिए।
शुक्लाले विद्यालयको आचरण संहिता तथा नियम विपरीत कार्य गरेको ठहरिएकाले शनिबारदेखि नै लागू हुने गरी विद्यालयबाट हटाइएको विद्यालयका प्रधानाध्यापक दिनेश थापाले जानकारी दिएका छन्।