जिल्ला प्रहरी कार्यालय कास्कीमा आगो लगाउँदा आफै जलेर घाइते भएका ४३ वर्षीय विजय तामाङको मृत्यु भएको छ।
प्रदर्शनकारीले जिल्लाका सरकारी कार्यालयहरू तोडफोड र आगजनी गर्ने क्रममा तामाङको समूह जिल्ला प्रहरी कार्यालयमा आगजनी गर्न गएका थिए।
उनको समूहले प्रहरीमा डोजर आक्रमण गरी प्रहरीलाई लखेटेर आगजनी गरेका थिए। आगजनीमा आफै जलेपछि तामाङलाई उनका साथी दलबहादुर गुरूङले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्न लगेका थिए।
शरीरका अधिकांश भाग जलेको अवस्थामा तामाङको उपचारका क्रममा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ।
चितवनको भरतपुर महानगरपालिका– १० स्थायी घर भएका तामाङ पोखरा– १६ मा बस्दै आएको खुलेको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए।