भारतमा गाडी दुर्घटना हुँदा ४ जना नेपालीको मृत्यु छ।
भारतको हिमाञ्चल प्रदेश, शिमलाको कोटखदाईमा सोमबार गाडी दुर्घटना हुँदा ४ जना नेपालीको मृत्यु भएको हिन्दुस्तान टाइम्सले जनाएको छ।
मृत्यु हुनेमा सल्यान कुमाख गाउँपालिका-४ का डिल्लीबहादुर शाही, एकेन्द्र शाही, लक्ष्मी मल्ल शाही र राजेश विष्ट रहेको गाउँपालिका अध्यक्ष मानबहादुर बुढाथोकीले जानकारी दिए।
द हिन्दुस्तान टाइम्सका अनुसार नेभ बहादुर र सज्जन घाइते भएका छन्। तर पालिका अध्यक्षले घाइतेको नाम भने आफूलाई प्रष्ट नभएको जानकारी दिए।
'उनीहरू कामका लागि भारत गएको भन्नेकुरा सुनिएको छ। शव ल्याउनका लागि बाटो बिग्रिएकाले बाटो बनाउने काम गरिरहेका छौं,’ अध्यक्ष बुढाथोकीले भने।
प्रारम्भिक अनुसन्धानबाट चालकले गाडीको नियन्त्रण गुमाएको र गहिरो खोँचमा खसेको द हिन्दुस्तान टाइम्सलेले लेखेको छ।