नारायणघाट–मुग्लिन सडकको नाम्सी पुलमा भिरबाट खसेको ढुंगा लागेर बसमा सवार एक जनाको मृत्यु भएको छ।
इच्छाकामना–५ स्थित सडकमा माथिबाट ढुंगा खसेको थियो।
तनहुँबाट नारायणघाटतर्फ आउँदै गरेको ग २ ख १८३६ नम्बरको बसमा खसेको ढुंगाले लागेर लमजुङ घर भएकी ४६ वर्षीया ऐश्वर्या कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रवीन्द्र खनालले जानकारी दिए।
साँझ ५ बजेतिर भएको दुर्घटनामा घाइते भएकी उनको पुरानो मेडिकल कलेजमा उपचार क्रममा मृत्यु भएको हो।
भिरबाट खसेको ढुंगा बसको ढोकाबाट भित्र छिरेको थियो। ढुंगाले ऐश्वर्याको टाउकोमा चोट लागेको थियो।