हाल मनसुनको न्यूनचापीय रेखा (पानी पार्ने प्रणाली) सरदर स्थान आसपास (भारततर्फ) अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिइको छ।
विभागका अनुसार नेपालको मौसममा अरब सागर तथा बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव छ।
जसका कारण बुधबार देशभर साधारणतया बदली रहनेछ। बागमती र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र कर्णाली प्रदेशका पहाडी भू–भाग र लुम्बिनी प्रदेशका तराइका भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
बुधबार राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ।
मधेसलगायत कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। मधेस प्रदेशलगायत कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।