जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घन्टामा नवलपरासी र पाल्पामा भारी वर्षा भएको छ।
महाशाखाका अनुसार नवलपरासीको देउरालीमा पछिल्लो २४ घन्टामा १२७.२, पाल्पाको जाल्पामा १२६.६ मिलिमिटर वर्षाभएको छ। २४ घन्टामा सय मिलिमिटरभन्दा माथिको वर्षालाई भारी वर्षा भनिन्छ।
त्यस्तै पाल्पाको अर्चलेमा १०३, सुर्खेतको गोठीकाँडामा १०५ मिलिमिटर वर्षा भएको छ।
हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास (भारततर्फ) अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिइको छ। विभागका अनुसार नेपालको मौसममा अरब सागर तथा बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव छ।