काठमाडौंका विभिन्न ६ वटा प्रहरी वृत्तमा इन्चार्ज फेरिएका छन्।
प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङको निर्णयअनुसार देशभरिका ९० जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरूवा क्रममा काठमाडौंका ६ वटा वृत्तमा इन्चार्ज फेरिएका हुन्।
प्रहरी वृत्त स्वयम्भूका इन्चार्ज डिएसपी उद्धवसिंह भाटलाई नेपाल प्रहरी पहरा गण मुख्यालय सामाखुशी सरूवा गरिएको छ। उनको स्थानमा सर्वोच्च/विशेष अदालत समन्वय तथा सुरक्षा प्रहरी इकाइ रामशाह पथमा कार्यरत डिएसपी मोहनमणि अधिकारीलाई सरूवा गरिएको छ।
प्रहरी वृत्त बौद्धका इन्चार्ज जयश्वर रिमाललाई प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा सरूवा गरिएको छ। उनको स्थानमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालका डिएसपी सन्तोष रोकालाई सरूवा गरिएको छ।
प्रहरी वृत्त मालीगाउँका डिएसपी सुनिलजंग शाहलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी सरूवा गरिएको छ। उनको स्थानमा अख्तियारमै कार्यरत डिएसपी धनबहादु बोहरालाई सरूवा गरिएको छ।
प्रहरी वृत्त दरबारमार्गका इन्चार्ज डिएसपी राजकुमार श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय गोरखा सरूवा गरिएको छ। उनको स्थानमा कर्णाली प्रदेश प्रहरी कार्यालय अन्वेषण योजना शाखाका डिएसपी नारायण डाँगीलाई जिम्मेवारी दिइएको छ।
त्यस्तै प्रहरी वृत्त सिंहदरबारका इन्चार्ज डिएसपी प्रह्लाद कार्कीलाई नगर प्रहरी कार्यालय काठमाडौंमा खटाइएको छ। उनको स्थानमा गण्डकी प्रदेश प्रहरी कार्यालय अन्वेषण योजना शाखा पोखराका डिएसपी जनार्दन घिमिरेलाई खटाइएको छ।
त्यस्तै प्रहरी वृत्त गौशालाका इन्चार्ज डिएसपी सुकदेव खनाललाई केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धान तथा कारबाही शाखा लाजिम्पाटमा सरूवा गरिएको छ। उनको स्थानमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको सुरक्षा कार्यालयका डिएसपी प्रकाश रिमाललाई खटाइएको छ।
उनीहरूलाई असोज महिनाको तलबभत्ता हाल सरूवा भएकै दरबन्दीबाट पाउने गरी सरूवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
सूचीः