काभ्रे पनौती नगरपालिका-१२ की ३० वर्षीया मनिषा घ्यावा तामाङ (जमूना) को श्रीमानले हत्या गरेको खुलेको छ।
आइतबार घर नजिकै ५ सय मिटर दुरीमा बारीमा गाडेको अवस्थामा मनिषाको शव भेटिएको थियो। उनको श्रीमान सन्तबहादुर तामाङले हत्या गरेर गाडेको प्रहरी अनुसन्धानमा खुलेको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी मिनबहादुर घलेका अनुसार भदौ २४ गते आन्दोलन क्रममा सन्तबहादुर नख्खु कारागारबाट भागेका थिए।
'कारागारबाट भागेको दिन अर्थात २४ गते नै सन्तबहादुर घर पुगेका थिए। घरमा बस्ने क्रममा असोज २ गते श्रीमती अरूसँग लागेको शंकाका कारण झगडा भएको प्रहरी अनुसन्धानमा खुलेको छ,' डिएसपी घलले भने, 'त्यही विषयमा झगडा हुँदा हत्या गरेको पाइएको छ।'
श्रीमती हत्या गरेपछि नजिककै बारीमा खाल्डो खनी पुरेर ३ गते नख्खु कारागारमा हाजिर भएको उनले बताए।
उनी बलात्कार मुद्दामा नख्खु कारागारमा सजाय काटिरहेका थिए।
यो पनि :
गाडिएको अवस्थामा महिलाको शव फेला, नख्खुबाट भागेका श्रीमान फरार