केन्द्रीय कारागार सुन्धाराबाट फरार भएकी कैदी पक्राउ परेकी छन्।
शुक्रबार राति साढे १ बजे भागेकी २५ वर्षीया सपना तामाङलाई काठमाडौंको असनस्थित बांगेमुढाबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जानकारी दिए।
उनी अपहरण, शरीरबन्धक, कर्तव्यज्यान लगायत कसुरमा कसुरमा जिल्ला अदालत रसुवाबाट दोषी ठहर भई जन्मकैद भुक्तान गर्दै थिइन्।
शुक्रबार मध्यरातको समयमा उनी कारागारको पर्खाल नाघेर भागेकी थिइन्।
उनलाई भगाउन सघाउने भोजपुरको भोजपुर नगरपालिका-११ का २६ वर्षीय समीर श्रेष्ठलाई पनि पक्राउ गरिएको एसएसपी खड्काले जानकारी दिए।
एसएसपी खड्काका अनुसार समीरकी आमा सिता थापा पनि उदयपुरको जेलमा कैद भुक्तान गरिरहेकी छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको छ।
केन्द्रीय कारागारबाटै कैदी भागेपछि प्रहरी र कारागार प्रशासनले आन्तरिक रूपमा छानबिन गरिरहेको छ।