गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
जिल्लाको सत्यवती गाउँपालिका –१ ठुलाबगर स्थित रुद्रवेणी–पुर्तिघाट सडक खण्डमा गए राति करिब १० बजे रुद्रवेणीबाट चेमीतर्फ जाँदै गरेको लु ३६ प ३६२७ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ सडकबाट खसेको थियो।
दुर्घटना हुँदा त्यसमा सवार दुवैको मृत्यु भएको छ।
मोटरसाइकल चालक स्याङ्जाको कालिगण्डकी गाउँपालिका–३ भुस्तुङका ३४ वर्षीय लक्ष्मण थापा र पछाडि सवार ४५ वर्षीय गिरमानसिंह रानाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी गंगाबहादुर सारुले बताए।
दुवैलाई प्राथमिक स्वास्थय केन्द्र रिडी पुर्याएको केही बेरमै चिकित्कसले मृत घोषणा गरेका थिए।
प्रहरीका अनुसार सोमबार बिहान दुबै शव पोष्टमर्टमका लागि जिल्ला अस्पताल पठाइएको छ।
दुर्घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ।