हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायूको प्रभाव रहेको छ।
यसको प्रभावले पछिल्लो एक घन्टामा कोशी र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि छिटपुट वर्षा भइरहेको छ।
गएको चौबीस घन्टामा कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न भूभागमा हल्कादेखि मध्यम र भारी वर्षा भएका छन्।
जल तथा मौसम विज्ञान विभागका अनुसार मकवानपुरको मकवानपुर गढीमा ५२.८ मिलिमिटर वर्षा भएको छ। लमजुङको बेशीशहरमा ३२.२ मिलिमटर वर्षा भएको छ।
बुधबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने पूर्वानुमान छ।
बाँकी प्रदेशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू-भागमा मुख्यतया सफा रहनेछ।
त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, मधेश प्रदेश लगायत बाँकी हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा मध्यमसम्म वर्षा/हिमपातको सम्भावना रहेको छ।
सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तातो दिन हुने सम्भावना रहेको छ।
राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।