सरकारले प्रेस काउन्सिल र सार्वजनिक सेवा प्रशारण संस्थाको अध्यक्ष र गोरखापत्र संस्थानको महाप्रबन्धक पदपूर्ति खुला प्रतिस्पर्धाबाट गर्ने भएको छ।
प्रेस काउन्सिलको अध्यक्ष, सार्वजनिक सेवा प्रशारण संस्थाको अध्यक्ष र गोरखापत्र संस्थानको महाप्रबन्धकका लागि बिहीबार दरखास्त आह्वान भएको हो।
यी सबै पदमा प्रतिस्पर्धात्मक प्रणालीबाट एक जना उम्मेदवार छनोट गरी नियुक्त गर्ने सूचना तथा सञ्चार मन्त्रालयले जानकारी दिएको छ।
यी सबै पदमा जेठ १८ गतेभित्र दरखास्त दिन मन्त्रालयले गोरखापत्रमा सूचना प्रकाशित गरी जानकारी दिएको छ।
