काठमाडौंको तारकेश्वर नगरपालिकाले तीनपिप्ले क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचनामा डोजर चलाएको छ।
नगरपालिकाले सार्वजनिक जग्गा संरक्षण अभियानअन्तर्गत अतिक्रमण हटाउने कार्य गर्दै अवैध रूपमा बनाइएका टहरा, पर्खाल तथा अन्य संरचना भत्काएको जनाएको छ।
नगर प्रहरी, प्राविधिक टोली र स्थानीय प्रशासनको उपस्थितिमा सञ्चालन गरिएको अभियानका क्रममा केही संरचना पूर्ण रूपमा हटाइएको थियो। नगरपालिकाले सार्वजनिक सम्पत्तिमा अतिक्रमण नगर्न पटक–पटक सूचना दिँदा पनि अटेर गरेपछि डोजर प्रयोग गर्नुपरेको बताएको छ।
नगरपालिकाले आगामी दिनमा पनि सार्वजनिक जग्गा अतिक्रमणविरुद्ध अभियानलाई निरन्तरता दिने जनाएको छ।
तस्बिरहरू:
-1779344847.jpg)
-1779344846.jpg)
-1779344846.jpg)
-1779344846.jpg)
-1779344845.jpg)
-1779344845.jpg)
-1779344846.jpg)
-1779344846.jpg)
-1779344845.jpg)
-1779344845.jpg)
-1779344844.jpg)
सबै तस्बिर: नेपाल फोटो लाइ्ब्रेरी