तिनाउ खोलामा डुबेर भारतीय एक युवक बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार भारतको उत्तर प्रदेशस्थित सिद्धार्थनगर जिल्ला, नौगढ बस्ने अन्दाजी २२ वर्षीय सौरव रस्तौगी पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित विद्युत् ड्याममा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका हुन्।
साथीहरूसहित नेपाल घुम्न आएका रस्तौगी बुधबार साँझ साढे ६ बजेतिर तिनाउ खोलाको ड्याममा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ।
उनी बेपत्ता भएको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी दोभानबाट प्रहरी टोली खटिई खोजतलास सुरू गरिएको थियो।
बिहीबार पनि बिहानैदेखि साँझसम्म नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले खोजतलास गरे पनि फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिए।