कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन शाहले ७ वटा विश्वविद्यालयका उपकुलपति नियुक्त गरेका छन्।
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. भोला थापा नियुक्त भएका छन्।
उनी यसअघि काठमाडौं विश्वविद्यालयको उपकुलपति पनि थिए।
साथै पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा. सुजनबाबु मरहट्टा, पोखरा विश्वविद्यालय उपकुलपतिमा प्रा. देवेन्द्र अधिकारी, मध्यपश्चिम विश्वविद्यालय उपकुलपतिमा प्रा. राजन सुवाल, सुदूरपश्चिम विश्वविद्यालय उपकुलपतिमा प्रा. किसनदत्त भट्ट नियुक्त भएका छन्।
साथै राजर्षी जनक विश्वविद्यालय उपकुलपतिमा प्रा. श्यामनारायण लाभ र कृषि तथा वन विश्वविद्यालयको उपकुलपतिमा प्रा. ऋषिराम कट्टेल नियुक्त भएको सहकुलपतिसमेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलको सचिवालयले जनाएको छ।
उनीहरूलाई आजै नियुक्ति पत्र दिने तयारी छ।