नुवाकोटको त्रिशूलीस्थित ढुंगे बजारमा रहेको बैंकबाट प्रहरीले सेफ निकालेको छ।
बाढीले क्षतिग्रस्त कृषि विकास बैंकको भवनबाट प्रहरील नगद र सुन तथा महत्त्वपूर्ण कागजात रहेको सेफ आइतबार बेलुकी सुरक्षित निकालेको हो
प्रहरीले ८ घन्टा लगाएर भवनबाट उक्त सेफ निकालेको थियो।
त्यसमा करिब १ करोड ५० लाख रूपैयाँ नगद र ५० करोडको सुन तथा महत्त्वपूर्ण कागजात रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
उक्त सेफ अहिले सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ।