बैतडीमा भूकम्प गएको छ।
बैतडीको ऐरी गाउँलाई केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको हो।
आज दिउँसो १:०६ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
भूकम्पविज्ञ राजेश शर्माका अनुसार ऐरीगाउँ केन्द्रबिन्दु भएर भूकम्प गएको हो।
बैतडीसहित सुदुर पहाडमा भूकम्पको धक्का महसुस गरिएको थियो।