त्रिशूली जलविद्युत आयोजना ३ 'ए' सुरूङमा फसेका २ जनाको उद्धार गरिएको छ।
बाढीले सुरूङ थुनिएको दसौं दिनमा शुक्रबार दुई जनालाई जीवितै उद्धार गरिएको हो।
उद्धार गरिएकाहरू एक जना कविर महर्जन र अर्का सञ्जय शाह छन्।
दुवैलाई अहिले उपचारका लागि वीरेन्द्र सैनिक अस्पताल छाउनी पुर्याइएको छ।
उद्धार गरिएका ३२ वर्षीय सञ्जय सप्तरीका हुन्।
उनी नेपाल विद्युत प्राधिकरणमा मेकानिकल फोरम्यानका रूपमा कार्यरत थिए।
सुरूवातमा उहाँको स्वास्थ्य परिसूचक सामान्य देखिएको छ,'उद्धारपश्चात प्राथमिक उपचारमा खटिएक एक अधिकारीले भनेका छन्।