रसुवा बाढीको १० औँ दिनमा त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरूङबाट सकुशल उद्धार गरिएका सप्तरीका सञ्जयकुमार साहका बुवा रामफल साह र काका कुशेश्वर साह काठमाडौँ आइपुगेका छन्।
सुरूङभित्र १० दिनसम्म फसेपछि सकुशल उद्धार गरिएका सञ्जयलाई भेट्न उनका बुवा र काका काठमाडौँ आएका हुन्।
बाढीपछि सुरूङभित्र फसेका सञ्जयको उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायतका सुरक्षा निकाय तथा उद्धार टोली परिचालन भएको थियो।
१० औँ दिनमा उनलाई सकुशल उद्धार गरिएको थियो।
छोरा सकुशल उद्धार भएको खबर पाएपछि सप्तरीमा रहेका उनका बुवा रामफल साह काठमाडौँ आएका हुन्।
अहिले सञ्जयको वीरेन्द्र छाउनी अस्पतालमा उपचार जारी छ।
-1788521963.jpg)
-1788521963.jpg)
-1788521963.jpg)
-1788521963.jpg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी