माथिल्लो त्रिशूली-३ 'ए' मा दुई जना सकुशल र एउटा शव फेला परेपछि उद्धार टोलीले दुई पटक फेरि पनि खोजी गरेको जनाएको छ।
उद्धार तथा खोजमा संलग्न इन्जिनियर उदय न्यौपानेले आफू पनि फेरि गएर खोज गर्दा कोही फेला नपरेको बताएका हुन्।
'मैले पनि पूरै खण्डभित्र गएर फेरि जाँच गरेँ, तर कोही पनि भेटिएन,' उनले फेसबुकमा लेखेका छन्।
यो आयोजनामा करिब ४० जना फसेको आशंका गरिएको थियो।