भोटेकोशी-त्रिशूलीमा बाढीमा परेकी एक महिलाको १० दिनपछि जीवितै उद्धार भएको छ।
शनिबार नुवाकोटको बिदुर नगरपालिका-१० बेत्रावतीस्थित बाढीमा परेको एउटा घरबाट एक जनालाई नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट खटिएको टोलीले जीवितै उद्धार गरेको हो।
सशस्त्रका सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार बेत्रावतीमा आनन्द श्रेष्ठको ४ तल्ले घरको चौथो तल्लाबाट उनकी श्रीमती चन्डिका श्रेष्ठलाई जीवितै उद्धार गरिएको हो।
सशस्त्रका इन्स्पेक्टर सुमन विकको कमान्डमा खटिएको टोलीले उनलाई उद्धार गरेर हेलकप्टरमार्फत काठमाडौं पठाइएको छ।