त्रिशूली बाढीपछि सबभन्दा धेरै मानिस फसेको अनुमान गरिएको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको सुरूङबाट एक जना विदेशीको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ।
यो आयोजनामा आज पनि खोज तथा उद्धारको काम निरन्तर भइरहेको छ।
आयोजनाको सुरूङको २५० मिटरसम्म पुगेर खोजी काम भइरहेको नेपाली सेनाले जनाएको छ।
उनलाई (२१६ मेवा) को माथिल्लो त्रिशुली १ अडिट ४ टनेलबाट उद्धार गरिएको हो।
प्रधानमन्त्री कार्यालयका अनुसार उद्धार भएका उनी चिनियाँ नागरिक हुन्।
नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीले केहीबेर अघि मात्रै उक्त टनेलबाट उनलाई उद्धार गरेको हो।
उद्धारपछि नुवाकोटको त्रिशूलीस्थित मैथिल ब्यारेकमा लगिँदैछ।