तुलसीपुरका एक युवाको खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लाग्दा मृत्यु भएको छ।
तुलसीपुर उपमहानगरपालिका–९ बेलुवा माछापोखरी टोलका २४ वर्षीय राजु घर्तीको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक टपेन्द्र घर्तीले बताए।
बिहान पौने ११ बजेतिर घर्तीले आफ्नै घरबाट बिजुलीको तार प्रयोग गरी घर नजिक रहेको टिकरी सिँचाइ कुलोमा करेन्ट लगाएर माछा मार्ने क्रममा आवश्यक सावधानी अपनाउन नसक्दा उनी आफैलाई करेन्ट लाग्न पुगेको थियो।
करेन्ट लागेपछि अचेत अवस्थामा फेला परेका उनलाई उद्धार गरी तत्काल राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुर्याइएको थियो।
चेकजाँचपछि प्रहरीले उनलाई सवा ११ बजेतिर मृत घोषणा गरेका थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।