विराटनगरमा हरेक वरिपरि आयोजना हुने राधाकृष्ण रथयात्रा आज निकालिएको छ।
हजारौं श्रद्धालु रथयात्रामा सहभागी छन। नेपाल र भारतसहित ३ लाख श्रद्धालु को उपस्थिति रहने आयोजकले अपेक्षा गरेका छन्।
वि.सं. १९८८ मा खटयात्राबाट सुरू भएको यो परम्पराले २०२५ सालदेखि विशाल रथको रूप लिएको हो। यस वर्ष समितिले ९५ औँ खटयात्रा र ५९ औँ रथयात्राको संयुक्त उत्सव मनाएको छ।
राधाकृष्ण मन्दिरबाट सुरू भएको रथयात्रा तीनपैनी , गोल्छा चोक, मेनरोड, ट्राफिक चोक, रोडशेष, महेन्द्र चोक, बरगाछी र दुर्गा चोक हुँदै पुनः मन्दिर प्राङ्गणमा पुगेर बिसर्जन हुनेछ। कुल ८ किलोमिटरको यस दूरीमा रथलाई ४४ स्थानमा रोकिनेछ।
यसपटक आयोजक समितिले सांस्कृतिक डिजे साउन्ड प सञ्चालनमा रोक लगाइएको छ।
धार्मिक झाँकी, भजन-कीर्तन र परम्परागत बाजागाजालाई मात्र स्थान दिने समितिले स्पष्ट पारेको छ।
यस वर्षको यात्रामा भक्तजनहरूले चढाउने भेटी तथा संकलित सहयोग रकम भोटेकोशी बाढी प्रभावित क्षेत्रका पीडितहरूको राहत एवं पुनर्स्थापनामा प्रयोग गरिने भएको छ।