गोरखामा बाढीले तीन घर बगाएको छ।
चुमनुम्ब्री गाउँपालिका-४ नाम्रुङ खोलामा आइतबार बिहान साढे ३ बजे आएको बाढीले तीन वटा घर बगाएको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिए।
उनका अनुसार नाम्रुङका नगु छिरिङ, उर्गिन लामा र लाक्पाभुटी लामाको घर बाढीले बगाएको हो।
घटनामा मानवीय क्षति भने नभएको अध्यक्ष लामाले जानकारी दिए।
बाढीले एउटा पुलमा पनि क्षति पुर्याएको उनले बताए।
अहिले पानी पर्न छाडेको र खोला पनि घटेको अध्यक्ष लामाले जानकारी दिए।